आफैँले चलाएको ट्रयाक्टरले थिचेर मृत्यु
मङ्गलबार, १८ जेठ २०७८, २० : २१
आज साँझ आफैँले चलाएको ट्रयाक्टरले थिचेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक ऋषिङ गाउँपालिका घर भएका २८ वर्षीय भीमबहादुर थापा छन् । व्यास नगरपालिका–५ चापघाटबाट झापुटारतर्फ जाँदै गरेको ग १ त २६३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करीब ४० मिटर खस्दा त्यसैले थिचेर थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको तथा ट्रयाक्टर क्रेनका माध्यमबाट बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण