समस्यामा परेकालाई महानायक अमिताभ बच्चनको सहयोग
बलिउडका महानायक अमिताभ बच्चन सर्वसाधारणको सहयोगमा सधै अगाडि सर्ने गर्दछन् । केही अगाडि मात्र उनले सर्वसाधारणका लागि २२ करोड रुपैया दान गरेका थिए । अहिले फेरि उनले कोरोनाको कहरले आर्थिक संकटमा रहेका पत्रकारको मद्दत गरेका छन् ।
कोरोनाको कारण कयौ फ्रिलाइन्सर पत्रकार तथा फोटोग्राफर काम नभएको कारण आर्थिक समस्यामा रहेका थिए । समाचारका अनुसार बच्चनले हालै कयौ त्यस्ता पत्रकारको खाना, बिजुलीको बिल, घरको भाडा, बच्चाको फिसलगायत आवश्यक आधारभुत आवश्यकता सबै पुरा गरिदिएका छन् ।
‘बच्चनले केही अगाडि फ्रिलाइन्सर पत्रकारको मद्दतको इच्छा राखेका थिए । उनीसँग एक लिष्ट पनि थियो । उनी विश्वस्त हुन चाँहन्थे मद्दत सहि ब्यक्तिलाई होस्’ एक च्यानलका चर्चित पत्रकार एस फिदाईले भने ‘उनी चिन्तित थिए ।
मिडियाकर्मीको जुगारा कसरी भइरहेको छ ।’ एस फिदाईका अनुसार बच्चनले पत्रकारको तीन महिनाको आवश्यक खर्च उठाएका हुन् । उनीबाट सहयोग पाउने कम्तिमा २०–२५ बर्ष मिडियामा काम गर्ने फिलाइन्सर पत्रकार रहेका छन् ।
बच्चनले यो सहयोग गुपचुप गरेका हुन् । किनभने उनी पब्लिसिटीमा चाहँदैनन् । किनभने यस अगाडि कोरोना संकटमा दान र डोनेट गरेको कारण उनी ट्रोल समेत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण