निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए यस्तो टिप्स
कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।
यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले सामाजिक सञ्जाल फेसबुक भिडियो सार्वजनिक गर्दै स्वास्थ्य टिप्स दिएका छन् । म राजेश हमाल भन्दै सुरु गरेको भिडियोमा उनले लकडाउनले मानसिकतामा असर गर्ने भएकोले विशेष होसियार रहन समेत आग्रह गरेका छन् । समाचारका विभिन्न स्रोतमा धेरै समय नखर्चिन समेत बताएका हमालले स्वस्थ रहनका लागि एक्सरसाइज, खाना बनाउने, बगैंचा सफा गर्ने, चुट्किला सुन्न, हिँडडुल गर्न, पुस्तक पढ्न र लेख्नमा आफुलाई ब्यस्त राख्न समेत सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण