‘केजीएफ’ अभिनेता यशले गरे तीन हजार फिल्म मजदुरलाई सहयोग
मुम्बई । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन् । उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन् ।
अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन् । कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक समस्यामा छन् । फिल्म उद्योगका ३ हजार बढी मजदुरलाई उनले सहयोग गर्ने भएका छन् ।
‘मेरो कन्नड फिल्म उद्योग कोरोनाको कारण नराम्रो अवस्थामा छ । यस्तो अवस्थामा म फिल्म उद्योगको २१ डिपार्टमेन्टका ३ हजार बढी मजदुरलाई आफ्नो तर्फबाट ५, ५ हजार रुपैया उनको खातामा हाल्दिन्छु ।’ आफ्नो सहयोगले कोरोनाले पुर्याएको नोक्सानको भरपाई नभएपनि केही सहयोग मिल्ने उनको भनाइरहेको छ ।
यश छिट्टै फिल्म ‘केजीएफ च्याप्टर २’मा देखिने छन् । फिल्ममा उनको अलवा रवीना टन्डन, संजय दत्तको पनि मुख्य रहेको छ । फिल्म १६ जुलाइमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण