आमा बनिन् गायिका नीति मोहन
बिहीबार, २० जेठ २०७८, १२ : ५५
मुम्बई । बलिउडकी चर्चित गायिका नीति मोहन आमा बनेकी छन् । उनले बुधबार छोरोलाई जन्म दिएकी छन् । जसको जानकारी उनका पति अभिनेता निहार पाण्डेले सामाजिक संजाल मार्फत गराएका छन् ।
पाण्डेले आमा र बच्चा दुबै सुरक्षित रहेको समेत बताएका छन् । नीति मोहनले यस बर्षको फेब्रुअरीमा विवाह दोस्रो एनिभर्सरी पारेर आमा बन्न लागेको खुसी सबै माझ शेयर गरेकी थिइन् ।
नीति मोहन र अभिनेता निहार पाण्डेले २०१९ मा विवाह गरेका थिए । नीति मोहनले 'इश्क वाला लव', 'जिया रे', 'नजर लायना', 'हर किसिको नही मिलता', 'खिच मेरी फोटो' लगायत थुप्रै हिट गीत दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण