तनाव भुल्न योग गर्दै कीर्ति सुरेश
दक्षिण भारतीय फिल्मकी स्टार कीर्ति सुरेशले बुधबार आफ्नो सोशल मिडिया पोस्टमा तनावबाट बच्ने एउटा उपायबारे चर्चा गरिन् । कीर्तिले इन्स्टाग्राममा एक तस्विर पोस्ट गरिन्, जसमा उनी वृक्षान गर्दै गरेको अवस्थामा देखिन्छिन् । तस्विरसँगै उनले लेखेकी छिन्, ‘दिनभरमा गरिएको केही योगले तनावलाई टाढै राख्छ ।’
कीर्तिले तमिल, तेलुगु र मलयालम फिल्ममा अभिनय गरिसकेकी छिन् । उनलाई २०१८ को तेलुगु बायोपिक फिल्म महानतीमा अभिनेत्री सावित्रीको भूमिका निर्वाह गरेबापत भारतको राष्ट्रिय फिल्म पुरस्कार मिलेको थियो ।
चाडैं नै उनी गुड लक सखी, मरक्कर ः अरबीकादलिनते सिम्हम, वाशी र सरकारु वारी पाटा लगायत केही फल्ममा देखिनेछिन् ।
२०१३ को मलयालम फिल्म गितान्जलीमा यी अभिनेत्री पहिलोपटक मुख्य भूमिकामा देखिएकी थिइन् । यसपछि उनले रिङ मास्टर, इधु, एना, माया, रजनी, मुरुगन, रेमो, नेनु शैलजा, बैरवा, थाना सेरन्धा कूटम, सन्दाकोझी २ र सरकार जस्ता फिल्ममा अभिनय गरिसकेकी छिन् । अभिनयसँगै आफ्नो फेशनकलाका कारण पनि यी अभिनेत्री प्रसिद्ध छिन् । उनको जन्म १७ अक्टुबर १९९२ मा मद्रास शहरमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण