हुम्लामा पहिलोपटक कोरोनाबाट एक जनाको मृत्यु
बिहीबार, २० जेठ २०७८, १५ : २५
हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणका कारण पहिलोपटक एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल ल्याउने क्रममा सर्केगार्ड गाउँपालिका – २ को रिप गाउँका ५७ वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो । उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउन लागिएको थियो । जिल्लामा कोरोनाबाट मृत्यु भएको यो पहिलो केश भएको हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्भ शर्माले जानकारी गराए ।
सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य चौकीमा उपचार गर्न सम्भव नभएपछि जिल्ला अस्पतालमा थप उपचारका लागि ल्याउने क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि बिहीबार बिहान उपचारका लागि दुई जना छोराहरुले स्टेचरमा बोकेर ल्याउने क्रममा दुल्ली कुनामा मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण