प्रहरी कारबाहीमा परे टाइगर र दिशा पटानी, एफआईआर दर्ता
प्रेम सम्बन्धमा रहेका बलिउड फिल्म अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीवि मुम्बई पुलिसले एफआईआर दर्ता गरेको छ । १ जूनमा दिउँसो २ बजे मुम्बईको ब्यान्डस्ट्यान्डमा कारमा घुमिरहेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।
लकडाउनमा बाहिर निस्कनुको सही कारण उनीहरुले दिन सकेनन् । यद्यपी, त्यतिबेला प्रहरीले डकुमेन्ट चेक गरेर उनीहरुलाई छाडिदिएको थियो । प्रहरीले सबै घटनाको जाँच गरेपछि अहिले एफआईआर दर्ता गरेको छ । मुम्बई पुलिसका अनुसार दुबैविरुद्ध धारा १८८ अन्तर्गत केस दर्ता गरिएको छ । अहिले यो घटनामा कसैलाई गिरफ्तार गरिएको छैन किनकी यो अपराधमा जमानत मिल्छ । महाराष्ट्रमा १५ जूनसम्म कोरोना कफ्र्यु छ र बिहान ७ देखि २ बजेसम्ममात्रै बाहिर निस्कने छुट छ ।
मिडिया रिपोर्टस्का अनुसार दिशा र टाइगर मंगलबार जिम सेशनपछि डेटिङका लागि ड्राइभमा निस्किएका थिए । दिशा अगाडिको सिटमा थिइन् भने टाइगर पछाडि बसेका थिए ।
दिशा पछिल्लो पटक ‘राधे ः योर मोस्ट वान्टेड भाई’ मा सलमान खान र टाइगरका बाबु ज्याकी श्राफसँगै देखिएकी थिइन् । उनको नयाँ फिल्म ‘एक भिलेन–२’ प्रदर्शनमा आउने क्रममा छ । यता, टाइगर अभिनित ‘हिरोपन्थी–२’, ‘गणपत’ र ‘बागी–४’ प्रदर्शनमा आउने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण