तोडियो सलमान र कट्रिनाको फिल्म ‘टाइगर ३’ को सेट
फिल्म ‘टाइगर ३’को सुटिङ सेट तोडिएको छ । कोरोना र लकडाउनका कारण फिल्मको सुटिङ अनिश्चित भएपछि निर्माण युनिटले मुम्बईमा सुटिङका लागि बनाएको सेट तोडेका हुन् । सुटिङ सुरु हुनु अगाडि सेटलाई राखि राख्न महङ्गो पर्ने भएकोले निर्माण युनिटले बनाएको सेट तोडेको हो । फिल्म सुटिङको समय सेट फेरि बन्नेछ । यसो गर्दा धेरै नोक्सानी बेहोर्नु नपर्ने निर्माण युनिटको भनाई रहेको छ ।
लकडाउनका कारण मुम्बईमा ‘टाइगर ३’ का अलवा कयौं फिल्मको सुटिङ रोकिएको छ । फिल्म ‘टाइगर ३’ का लागि ३०० युनिट सदस्य काम गरिरहेका छन् । फिल्मको काम सुरु हुनु अगाडि सबैलाई कोरोना भ्याक्सिन लगाउने इच्छा निर्माण युनिटको छ । सूत्रका अनुसार फिल्मको सुटिङ युरोपमा समेत हुनेछ ।
सलमान खान र कट्रिना कैफले फिल्मको सुटिङ गत मार्चमा मुम्बईको एक स्टुडियोमा सुरु गरेका थिए । कट्रिना कोरोना संक्रमित भएपछि फिल्मको सुटिङ रोकिएको थियो । त्यसपछि फिल्मको सुटिङ अहिलेसम्म रोकिएको छ ।
सलमान र कट्रिनाको अलवा फिल्ममा इमरान हाशमीको पनि मुख्य भूमिका रहनेछ । इमरान फिल्ममा पाकिस्तानी आइएसआइ आतिशको भूमिकामा देखिनेछन् । मनिष शर्माको निर्देशन रहने फिल्मका निर्माता आदित्य चोपडा हुन् । फिल्मको बजेट ३५० करोड बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण