सुनसरीमा एक साताका लागि निषेधाज्ञा थप
सुनसरी प्रशासनले कोरोना संक्रमणको दर बढिरहेको निष्कर्ष निकाल्दै पुनः एक साताको लागि निषेधाज्ञा थप गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरेको हो । यसअघि थपिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिन लागेपछि आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले थप एक साताको लागि निषेधाज्ञा अवधि बढाएका हुन् । प्रजिअ ढकालले निषेधाज्ञा थप गर्नुअघि जिल्लाको डिसिसिएमसी बैठक बसेको थियो ।
खाद्यान्न तथा तरकारी पसलहरूलाई केही खुकुलो बनाउने अपेक्षा गरिए पनि प्रशासनले निषेधाज्ञा अवधिभर कुनै पनि पसलहरु खोल्न नदिने निर्णय गरेको छ । डिसिसिएमसी बैठकमा आमन्त्रित रुपमा बोलाइएको स्थानीय तहका प्रमुखहरुले पसलहरु खुलाउन नमानेको सहायक प्रजिअ महेश पोखरेलले जानकारी दिए । उनले भने, ‘डिसिसिएमसी बैठकमा आमन्त्रित सदस्यको रुपमा आएका मेयर साबहरुले मान्नु भएन । अहिले जे छ, यसैलाई नै निरन्तरता गरौं भन्नुभयो । त्यसैले पसलहरु खुल्दैन ।’
सर्वसाधारणहरुलाई पनि औषधी खरीद र उपचारबाहेक घरबाट बाहिर निस्कन नदिने निर्णय भएको छ । तर, मजदुरहरुलाई भने निर्वाधरुपमा आवतजावत गर्न दिइने निर्णय भएको छ । कृषि तथा निर्माण मजदूरलाई स्वास्थ्य मापदण्ड पुरा गरेर आवतजावत गर्न दिने निर्णय भएको छ भने उद्योग तथा कलकारखानामा कार्यरत मजदुरहरुलाई बिहान ५ बदेखि ७ बजेसम्म र बेलुकी पनि ५ देखि ७ बजेसम्म हिड्न दिइने प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण