शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित मृत्यु

शनिबार, २२ जेठ २०७८, १० : २१
शनिबार, २२ जेठ २०७८

बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष र एक महिला छन् ।

कोरोना पुष्टि भएपछि जेठ १५  गते अस्पताल भर्ना भएका  गल्याङ ११ स्याङ्जाका  पुरुषको मृत्यु भएको  छ । ३२ बर्षका पुरुषको गएराती उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । 

यस्तै आज विहान बर्दघाट  नगरपालिका  वार्ड ४ बस्ने ४३ बर्षीय महिलाको पनि मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनीलाई जेठ ११ गते कोरोना पोजेटिभ देखीएपछि लुम्बिनी प्रदेशिक अस्पतालले संचालन गरेको  कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन् । 

दुई जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले जानकारी दिए

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप