बाँकेमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु
शनिबार, २२ जेठ २०७८, १२ : ५२
बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति वलीले जानकारी दिए ।
उनका अनुसार कोहलपुर नगरपालिका–१४ निवासी ७० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–१८ दाङ निवासी ७२ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१० र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण