टिभी अभिनेता पर्ल वी बलात्कारको आरोपमा पक्राउ
भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ ।
पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । अहिले यी अभिनेता प्रहरी हिरासतमै छन् ।
यी अभिनेता आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका थिए । अघिल्लो वर्ष अक्टुबरमा मात्रै पर्ल वी पुरीका पिताको निधन भएको थियो, त्यस दौरान पनि उनी सुटिङमै व्यस्त थिए । केही दिनअघि एक अन्तर्वार्ताका दौरान कलाकार बन्न घरबाट भागेपछिका संघर्षबारे उनले सुनाएका थिए । उनी पानी पुरी खाएर भोक मेटाउँथे । एकपटक नौ दिनसम्म भोकै बस्नु पर्दाको अनुभव पनि उनले सुनाएका थिए ।
२०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए । लिड अभिनेताका रुपमा उनलाई ‘फिर भी ना माने बदतमीज दिल’ बाट पहिलो ब्रेक मिल्यो ।
त्यसपछि पर्ल वी पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा काम गरे । उनी बिग बोस १२ र १३ मा गेस्टका रुपमा देखिएका थिए । यसबाहेक ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोमा पनि पर्ल देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण