बाँकेमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एकको मृत्यु, दुई जना घाइते
शनिबार, २२ जेठ २०७८, १६ : ३०
बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज–२१ बिर्तामा रहेको किसान फिड मिल प्रालिमा रंगरोगन गर्नेक्रममा कम्प्रेसर मेसिन बिस्फोट हुँदा सो मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का २५ वर्षीय साविराज मियाँको घटनास्थलमै मृत्यु भएको हो ।
घटनामा सोही मिलमा कार्यरत मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङ्गहोममा उपचार भई रहेको खडकाले जानकारी दिए । घटनावारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण