शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होम आइसोलेसनमा बसेका दुई जना सहित दाङमा चार जना कोरोना संक्रमितको मृत्यु

शनिबार, २२ जेठ २०७८, १६ : ४९
शनिबार, २२ जेठ २०७८

दाङमा होम आइसोलेसनमा बसेका दुई जना सहित चार जना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि घरमै बसेका घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४२ वर्षिय महिला र राप्ती गाउँपालिका वडा नम्बर ३ का ६५ वर्षका पुरुषको घरमै मृत्यु भएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रले जनाएको छ । 

यस्तै बेलझुण्डी कोरोना विषेश अस्पतालमा उपचाररत तुलसीपुर–६ का ६४ वर्षिय पुरुष र रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ३ का ४५ वर्षिय पुरुषको मृत्यु भएको छ । यससँगै दाङमा कोरोना संक्रमणबाट वैशाख यतामात्रै १८६ जनाको मृत्यु भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जनाएको छ । 

यसैबीच दाङमा आज थप २९ जनामा संक्रमण देखिएको छ । विभिन्न प्रयोगशालामा १ सय जनाको स्वाब परिक्षण गर्दा ११ जना महिला र १८ जना पुरुषमा थप संक्रमण देखिएको हो । यससँगै जिल्लामा वैशाखदेखि अहिलेसम्म ७ हजार २९१ जनामा संक्रमण देखिएको छ । 
यस्तै बितेको २४ घण्टामा जिल्लामा थप ३१ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा वैशाखयता दोस्रो चरणमा संक्रमित भएका अहिलेसम्म ६ हजार ५१२ जना संक्रमणमुक्त भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप