भारतबाट नेपाली सेनाले भित्र्यायो स्वास्थ्य सामग्री र ६ वटा एम्बुलेन्स
शनिवार रुपन्देहीको बेलिया नाका हुँदै नेपाली सेनाले २५ वटा ट्रकमा भारतबाट कोभिड विरुद्धको स्वास्थ्य सामग्री नेपाल भित्र्याएको छ । शुक्रबार ती स्वास्थ्य सामग्री लिन नेपाली सेनाका ट्रकहरु भारत तर्फ लगिएको थियो ।
ट्रकहरूमा कोभिड सम्वन्धि अपरेटिङ्ग हेटलाईट , अटो रिफ्रेक्ट मिटर , बि–प्याड मेसिन, एबीजी मेशिन , ल्याब माईक्रोस्कोप , लाईट क्युरिङ कार्डलेस , आईसियु भेन्टिलेटर , म्यानुअल स्प्रेयर , भाईरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट , एन ९५ मास्क , पिपिई लगायतका सामग्री ल्याईएको नेपाली सेनाले जनाएको छ ।
त्यस्तै भारतले ६ वटा एम्बुलेन्स समेत नेपाली सेनालाई सहयोग पठाएको छ । नेपाली सेना र भारतिय सेना बिचको आपसी सम्बन्धबाट सहयोग आदन प्रदानको नियमित प्रकृया अन्तरगत उक्त स्वास्थ्य सामग्री आएको र भारतिय सेनाले नेपाली सेनालाई ६ वटा एम्बुलेन्स समेत पठाएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौड्यालले जानकारी दिए ।
सेनाका ती सामग्री शनिवार रुपन्देही भित्रिएको र त्यहाँबाट काठमाडौं पठाउने जानकारी आफूले पाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण