दाङको एक होटलमा जुवा खेलिरहेका ६ जुवाडे पक्राउ
आइतबार, २३ जेठ २०७८, ०९ : ३२
दाङमा घोराहीमा एक होटलमा जुवा खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित गौरी दिप होटलमा जुवा खेलिरहेको अवस्थमा गएराती १ लाख ३९ हजार सात सय रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेका छन्
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
उनीहरुको साथबाट एक गद्यी तास, नगद बरामद गरेको प्रहरीले बताएको छ । थप कानुनी प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण