शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

अपडेट : बिहे भोजबाट घर फर्कने क्रममा युवकको हत्या

आइतबार, २३ जेठ २०७८, १४ : २४
आइतबार, २३ जेठ २०७८

 धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आइतबार बिहान फेला परेका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका एक युवा गएराति ११ बजेसम्म छिमेकीको विवाह भोजमा रहेको खुलेको छ ।

उक्त नगरपालिकाको वडानम्बर ४, मनौरा टोलका ३५ वर्षीय महेन्द्र यादवको शव आइतबार बिहान एक महिलाले देखेर खबर गरेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं डिएसपी सत्यनारायण थापाका अनुसार यादव गएराति ११ बजेसम्म छिमेकमा एक विवाह भोजमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । हत्या कसले र किन गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।

उक्त वडाका वडाध्यक्ष विनोदकुमार श्रीवास्तवका अनुसार यादवलाई ११÷१२ बजेको समयमा घर फर्किने बेलामा ४÷५  जना मानिसले समातेर लगेर हत्या गरेको आशंका गरिएको छ ।

मृतक यादवका आमा, बुबा, श्रीमती, दुई छोरा र एक छोरी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप