बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु
आइतबार, २३ जेठ २०७८, १६ : ४०
बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा रूपन्देही र अर्घाखाँचीका संक्रमितको मृत्यु भएको हो । उनीहरु दुबैजनाको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा रूपन्देहीको कञ्चन गाउँपालिका ३ का ३४ वर्षीय महिला रहेकी छन् । उनलाई जेठ १७ गते कोरोना पोजेटिभ देखिएको थियो । उनको आज उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । त्यस्तै अर्घाखाँचीका छत्रदेव ७ का ७३ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । जेठ २१ गते अस्पतालमा भर्ना भएका ती पुरुषको २२ गते कोरोना पेजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले जनाकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण