हेटौंडा अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु
मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा ३ जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष, राकसिराङ गाउँपालिका वडा नम्बर–१ का ८२ वर्षका पुरुष र सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–५ का ८६ वर्षका पुरुष रहेका छन् ।
उनीहरुमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारका लागि अस्पतामा भर्ना भएका थिए । उनीहरुको अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २६ जना महिला र ५० जना पुरुष गरी कुल ७६ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण