हेटौंडा अस्पतालमा थप ३ कोरोना संक्रमितको मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा ३ जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का ५० वर्षका पुरुष, राकसिराङ गाउँपालिका वडा नम्बर–१ का ८२ वर्षका पुरुष र सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर–५ का ८६ वर्षका पुरुष रहेका छन् ।
उनीहरुमा केही दिनअघि संक्रमण पुष्टि भएको र स्वास्थ्यमा समस्या देखिए पछि थप उपचारका लागि अस्पतामा भर्ना भएका थिए । उनीहरुको अस्पतालको कोभिड–१९ उपचार कक्षको आइसियुमा राखेर उपचार भइरहेको थियो ।
योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २६ जना महिला र ५० जना पुरुष गरी कुल ७६ जनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम भारतमा वर्षाका कारण कम्तीमा १८ जनाको मृत्यु
-
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र
-
बाढीबाट जोगाउन तटबन्ध निर्माण
-
रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा
-
दलित युवालाई सीप सिकाउँदै तमानखोला गाउँपालिका
-
‘महाभोज’ हेरेपछि सांसद शाही : सहकारीको विषयमा फेरि बोल्न बाध्य बनायो