कोरोना महामारीको समयमा गुल्मीमा आत्महत्या दर बढ्यो
कोरोना महामारीको अवधिमा गुल्मीमा आत्महत्या दर बढेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २०७६ सालमा जिल्लामा ७३ जनाले आत्महत्या गरेका थिए भने २०७७ सालमा आत्महत्या गर्नेको संख्या ९६ पुगेको छ ।
२०७६ सालको अन्त्यमा कोरोना महामारीका कारण मुलुकमा ‘लकडाउन’ गरिएको थियो भने २०७७ सालको करिब आधा वर्ष ‘लकडाउन’ र निषेधाज्ञामै बितेको थियो ।
२०७६ सालमा गुल्मीमा झुण्डिएर ६४ जना, विष सेवन गरेर ६ जना र पानीमा हामफालेर ३ जना गरी जम्मा ७३ जनाले आत्महत्या गरेका थिए ।
२०७७ मा भने झुण्डिएर ८५ जना, विष सेवन गरी १० जना र पानीमा हामफालेर एक जनासहित जम्मा ९६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीको तथ्यांकअनुसार २०७७ वैशाखमा ८, जेठमा ११, असारमा ५, साउनमा ११ र भदौमा १५ जनाले आत्महत्या गरेका छन् । त्यस्तै असोजमा ७, कार्तिकमा ६, मंसिरमा ७, पुसमा ६, माघमा ४, फागुनमा ९ र चैत्रमा ७ जनाले आत्महत्या गरेका छन् ।
कोरोना महामारीका कारण मुलुकमा पहिलो पटक लकडाउन भए यता २०७७ चैत मसान्तसम्मको अवधिमा जिल्लामा आत्महत्या गर्नेको संख्या एकसय पुगेको प्रहरीको भनाइ छ ।
२०७६ र २०७७ सालमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको संख्या समान देखिएको छ । प्रहरीका अनुसार यी दुवै वर्ष कर्तब्य ज्यान सम्वन्ीध ८÷८ वटा मुद्दा परेका थिए ।
गुल्मीमा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा भने अघिल्लो वर्षको तुलनामा २०७७ सालमा भने वृद्धि भएको छ । २०७६ सालमा जबर्जस्ती करणीका १८ वटा र जबर्जस्ती करणी उद्योगका ३ सहित २१ वटा मुद्दा परेकोमा २०७७ मा १७ वटा जबरजस्ती करणी र ७ वटा जबर्जस्ती करणी उद्योगका गरी २४ वटा उजुरी आएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण