भक्तपुरबाट बेपत्ता भएकी सुनमाया काभ्रेमा मृत फेला
आइतबार, २३ जेठ २०७८, २२ : ४४
गत बुधबारदेखि बेपत्ता भक्तपुरको चाँगुनारायण नगरपालिका–९, ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफु काभ्रेको नालाको जंगलमा झुण्डिएको अवस्थामा शव फेला परेकी छन् । घर नजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी उनी सम्पर्कबिहीन भएकी थिइन् ।
घरमा कुनै समस्या र झगडा भने नभइएको भए पनि केही महिनादेखि डिप्रेशनको औषधि खाइरहेकी उनी हराएको केही बेरपछि परिवारले खोजी गरेका थिए । परिवारले चार दिनसम्म भक्तपुर र काभ्रेको विभिन्न ठाउँ र आफन्तकोमा खोज्दा पनि भेटिएको थिएन । उनको शव आज पोष्ट मार्टम गरी परिवारलाई बुझाएको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण