फूलै फूलको पर्व (फोटोफिचर)
बुधबार, ०१ कात्तिक २०७४, १४ : १२
काठमाडौं– तिहारलाई फूलहरुको पर्व भनिन्छ । त्यसैले त तिहारमा फूलको माग अत्याधिक हुने गर्छ । विशेषगरी तिहारको लागि सयपत्री, मखमली, गोदावरी जस्ता फूलको माग हुन्छ ।
तिहारको रौनकसँगै राजधानीका विभिन्न स्थानहरुमा फूल विक्रिका लागि राखिएको छ ।
यसो त यतिबेला तिहारको लागि झिलिमिलि बत्ती किन्नेदेखि पुजापाठका सामग्री, माला र भाईटीकाकालागि चाहिने आवश्यक सामग्रीलगायत किन्न यतिबेला
राजधानी व्यापारिक स्थानहरुमा उपभोक्ताको चहलपहल बढेको देखिन्छ ।
खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरुमा उपभोक्ताको भिडभाड देखिन्छ ।
यसवर्ष भाइटिका कात्तिक ४ गते परेको छ । सो दिन दिदीबहिनीबाट दाजुभाइलाई दीर्घायु र सुखशान्तिको कामना गर्दै टीका लगाइन्छ । जसलाई भाइटीका भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई
-
अघि बढ्यो विद्यालय शिक्षा विधेयकमाथिको छलफल
-
चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले जारी गरे १४ बुँदे प्रेस नोट
-
कुन्तीदेवी फाउन्डेसनको लैंगिक हिंसा न्यूनीकरण विषयक सचेतना कार्यक्रम सम्पन्न
-
गायिका लक्ष्मीले ल्याइन् 'हे गोरी'
-
अर्थतन्त्रका समस्या समाधान गरी मुलुकलाई चलायमान बनाउँछौँ : अर्थमन्त्री पौडेल