पञ्चेबाजाका गुरुको निधन
बुधबार, २६ जेठ २०७८, २३ : १६

दैलेखमा पञ्चेबाजा र दाइने दमाहा बाजाका गुरु मानिने मानबिरे दमाईको निधन भएको छ । आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाई लामो समयदेखि दमको रोगबाट पीडित रहेका थिए । कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उनको माग हुने र उनको दमाहा बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उनले नै बजाउँथे ।
पूर्व राज्यमन्त्री शिवराज जोशी, आठबीस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायलगायत विभिन्न जनप्रतिनिधिले दमार्ईको निधनबाट अपूरणीय क्षति भएको बताउँदै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित
-
आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट
-
जीवन ‘सजिलो’ होइन ‘सार्थक’ बनाउने होड