गण्डकीमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुल्यो
गण्डकी प्रदेशमा काँग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ । युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएसँगै काँग्रेसको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको हो । बिहीबार पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार विश्वासको मत प्राप्त गर्न नसकेर ढलेको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत लिँदा पक्षमा २७ र विपक्षमा ३० मत खसेको थियो । मनाङले मन्त्री पदबाट राजीनामा दिएर सघाउने घोषणा गरेपछि ३१ मत पुगेको छ । यससँगै गण्डकीमा विपक्षी गठबन्धनलाई बहुमत पुगेको छ । योसँगै संविधानको धारा १६८(५) अनुसारको मुख्यमन्त्री बन्न सक्ने बाटो खुलेको हो ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बसेका थिए भने स्वतन्त्र सांसद दीपक मनाङे बैठकमा उपस्थिति भएका थिएनन् । यसअघि थापाले विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर नगर्दा बहुमत पुग्न नसकेर संविधानको धारा १६८ को ३ अनुसार गुरुङ नै मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
पार्टीको ह्वीप उल्लंघन गर्दा राजमोले कारबाही गरेपछि पदमुक्त भएका थापालाई सर्वोच्चले पुनर्बहाली गरिदिएको थियो । योसँगै मनाङेलाई आफ्नो पक्षमा ल्याउन विपक्षीको प्रयास सफल देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण