चीनमा भारतीय नागरिकलाई भ्रमणका लागि अनुमित दिन आग्रह
शुक्रबार, २८ जेठ २०७८, ०० : ०८
भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।
दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो ।
भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।
बिहीबार भारत समेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रम छ : दूतावास
-
नेविसंघको प्रवक्तामा सुरज सेजुवाल
-
‘सिधा कुरा’ विरुद्धको मुद्दा न्यायाधीशद्वय फुयाल र पौडेलको संयुक्त इजलासमा
-
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्यमा ‘ब्रेक’
-
नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्द्धन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
आईटी विदेशी मुद्रा भित्र्याउन सक्ने सम्भावना रहेको क्षेत्र : अध्यक्ष ढकाल