चीनमा भारतीय नागरिकलाई भ्रमणका लागि अनुमित दिन आग्रह
शुक्रबार, २८ जेठ २०७८, ०० : ०८
भारतले आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध गरेको छ । भारतले चिनियाँ नागरिकहरुलाई भारत भ्रमण गर्न दिन पनि तयार रहेको समेत बिहीबार जानकारी दिएको छ ।
दुबै तर्फबाट आवतजावत गर्ने वातावरणका लागि भारतले चीनलाई आग्रह गरेको समाचारमा जनाइएको छ । भारतको विदेश मामिला मन्त्रालयले भारतमा चिनियाँ नागरिकहरुलाई आवतजावत गर्न दिन भारत तयार रहेको स्पष्ट पारेको हो ।
भारतले विषेश गरेर भारतमा कामका लागि र अध्ययनका लागि आउन चाहने चिनियाँहरूको लागि सहजै आवत जावत गर्न दिन चाहेको मन्त्रालयले उल्लेख गरेको छ । चीनले पनि काम तथा अध्ययनका लागि चीन आउन चाहने भारतीय नागरिकहरूलाई अनुमति दिन भारतसँग यसअघि नै आग्रह गरेको थियो ।
बिहीबार भारत समेतले आफ्ना नागरिकलाई चीन आउन दिन चीनसँग माग गरेपछि दुबै पक्षका लागि बाटो खुल्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण