बादशाहसँग ज्याकलीन भइन् ‘पानी पानी’
अभिनेत्री ज्याकलीन फर्नाडिस पछिल्लो समय गीत ‘पानी पानी’का कारण चर्चामा छिन् । गीतको भिडियोमा ज्याकलीनले र्यापर बादशाहको साथ रोमान्स गरेकी छन् । भिडियो सार्वजनिक हुने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भएको छ । गीतको शब्द तथा स्वर बादशाह र आस्था गिलको रहेको छ ।
पियुष भगत र शाजिया सामजीको कोरियोग्राफी रहेको भिडियोमा ज्याकलीन बंजार लुक्समा देखिएकी छन् । भिडियोमा बादशाह र ज्याकलीनको केमिस्ट्री सुहाउँदो छ । भिडियोका बिषयमा ज्याकलीनले भनेकी छन्, ‘जब मलाई भिडियोका लागि अफर आयो, मैले तुरुन्त हुन्छ भनेकी थिए । किनभने मलाई गीत राम्रो हुने बिश्वास थियो ।’
‘पानी पानी’ गीत बनाउने र भिडियो सुट गर्ने प्रक्रिया एक सुन्दर यात्रा थियो’ बादशाहले भनेका छन्– ‘आस्था र मैले गीत रेकर्ड गर्दा नै ज्याकलीनलाई यसमा समेट्ने सोच थियो ।’ भिडियो सुन्दर मरुभूमिमा सुटिङ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण