'साइन्टिस्ट' बन्ने सपना देख्थिन् दिशा, मोडलिङले बन्यो बलिउड करियर
मुम्बई । फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ अभिनेत्री दिशा पटानी २९ बर्ष पुगेकी छन् । आज आइतबार आफ्नो जन्मदिन मनाइरहेकी दिशा उत्तरप्रदेश बरेलीमा जन्मिएकी हुन् ।
पढाइ समेत राम्रो भएको कारण उनी साइन्टिस्ट बन्ने सपना देख्थिन् । २०११ मा लखनउको एमिटी युनिभर्सिटीबाट बायोटेक अध्ययनको क्रममा उनले मोडलिङ सुरु गरेकी थिइन् ।
कलेजको फेयरवेल पार्टीमा उनी मिस कलेज छानिएकी थिइन् । यसपछि उनले मिस लखनउ प्रतियोगितामा पनि भाग लिइन् । मिस लखनउ भएपछि उनी एक मोडल प्रतियोगितामा पनि फष्ट रनरअफ भइन् । २०१३ को फेमिना मिस इन्दौर प्रतियोगितामा पनि उनी फष्ट रनरअप भएकी थिइन् ।
१७ बर्षको उमेरमा फोटो सुट समेत गरेकी दिशाले बिज्ञापनमा पनि काम गरेकी छन् । २०१५मा उनले दुध, मोवाइल कम्पनी लगायतको विज्ञापनमा अभिनय गरेकी थिइन् । उनले पुरी जगन्नाथको ‘लोफर’बाट ‘तेलूगू’ फिल्म अभिनय डेब्यु गरेकी थिइन् । बलिउड डेब्यु भने उनले २०१६ को फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’बाट गरेकी हुन् ।
दिशा अक्सर ब्वाइफ्रेण्ड टाइगर श्राफको साथ देखिने गर्दछन् । करियरको सुरुवातको समय देखिनै दुबै एकअर्काको रिलेसन स्वीकार्दै आएका छन् । दुबै एकसाथ भने ‘बागी २’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण