उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु
बाँकेको पार्वतीपुर औद्योगिक करिडोरमा रहेको एक प्लाइउड उद्योगमा विष्फोट हुँदा एक मजदूरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका—१४ स्थित पार्वतीपुरमा रहेको गणपति डोर एण्ड प्लाई बोर्ड इन्डस्ट्रिज प्रालिमा रहेको स्टिम बोइलर मेसिन अचानक विष्फोट हुँदा बारबर्दिया नगरपालिका वडा नं। ९ बर्दिया निवासी खुशीराम थारुको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान करीब ५ बजे घटना विष्फोट भएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रनाउ खनालले बताए ।
कोरोनाबाट थप पाँचको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका बाँके, बर्दिया, दाङ, सल्यान र बैतडीका गरी थप पाँच सङ्क्रमितको उपचारको क्रममा गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बैतडी पडचौडी नगरपालिका—८ निवासी ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका—१ निवासी ४९ वर्षीया महिला, सल्यान कालिमाटी गाउँपालिका—२ निवासी ४६ वर्षीय पुरुष र दाङ लमही नगरपालिका—१ निवासी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके बैजनाथ गाउँपालिका—५ का ६७ वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट ३०७ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा ३३७ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण