‘५५ सिट दिए काँग्रेससँग तालमेल’
काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक कांग्रेससँग चुनावी गठबन्धन हुने विश्वास दिलाए । उनले भने,‘यसको लागि हामी अहिले निर्णायक छलफलमा जुटेको छौं, आजपनि हाम्रो भेटवार्ताहरु भएका छन्, कांग्रेससँग चुनावी तालमेल हुन्छ, म विश्वास दिलाउन चाहन्छु।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममा बोल्दै संयोजक ठाकुरले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब–करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं।’ यद्धपी उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको समेत सुनाएँ । मिल्नको लागि नै आफूहरुको कांग्रेस नेताहरुसँग भेटवार्ता भैरहेको उनले जानकारी दिए ।
नेता ठाकुरले एमाले र नेकपा माओवादी केन्द्रवीच बनेको नयाँ वामपन्थी गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने,‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होइन, उनीहरुवीच तालमेल पनि सायद हुँदैनहोला, म फेरि दोहोर्याएर भन्छु वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् नि ।’
ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेद्धवारहरुको लाईन लागेको समेत सुनाए । उनले भने,‘यो आवश्यकत्ता पनि हो, पद आवधिक हुन्छ, नेतृत्वलाई आmप्नो चयन गर्न अधिकार हुन्छ । त्यो अहिले भैरहेको छ ।’
स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेकोले चुनावप्रति सम्पूर्ण जनताको चासो बढेको उनको भनाई थियो । उनले भने,‘अहिले त हाम्रा पहाडका साथीहरु टिकट लिएर गैसक्नुभयो, वार्ता चलिरहेको छ ।’
त्यस्तै उनले पहाड होस् वा मधेश सबै ठाँउका नेपालीहरु मिलेर जानुपर्ने बताए । उनले भने,‘राजनीतिक धुव्रीकरण हुनु आर्थिक हिसाबले मुलुकलाई अघि बढाउने हो भने राम्रो हुन्छ ।’
उनले सबैलाई नेपाली देख्नुपर्ने पनि बताए । ठाकुरले थपे, ‘सबैलाई नेपाली हुँ भन्ने अपनत्व हुनुपर्ने भाव संविधानमा सबैको अपनत्व हुनुपर्छ, सबैको चेहरामा नेपाली देख्नुपरये।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण