लुम्बिनी प्रादेशिक अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चिनियाँ दाताहरुले १०० थान अक्सिजन कन्सन्ट्रेटर पठाएका छन् ।
चीनका लागि नेपालका पूर्व राजदूत लीलामणि पौड्यालको पहलमा चिनियाँ दाताहरुबाट लुम्बिनी प्रादेशिक अस्पतालका लागि अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले रातोपाटीलाई जानकारी दिए ।
उनले अस्पतालमा अक्सिजनको चरम अभाव भएको खबर पटक पटक आउन थालेपछि पूर्वराजदूत पौड्यालले नेपालका लागि सांघाईका कन्सुलेट् जिआनमिङ उसँग सम्पर्क गराइदिएको सोही आधारमा अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको बताए ।
बुद्धको जन्मभूमि लुम्बिनीको आसपासमा रहेको अस्पतालमा अक्सिजनको अभाव हटाउनको लागि बुद्ध दर्शन निकट दाताहरुले कन्सन्ट्रेटर पठाइदिएको डा. खनालले बताए ।
डा. खनालका अनुसार चिनियाँ राजधानी बेइजिङस्थित नेपाली राजदूतावासको सहजीकरणमा साङ्घाई जाडे बुद्ध टेम्पल, साँघाई जुकुङ कल्चर एण्ड एजुकेशन फाउण्डेशन, सिङ्गापुर स्थित टाङ्गाक बुअवे किमेङ लेङ्ग फाउण्डेशन लिमिटेड सहित नेपालमा सहयोग गर्ने दाताहरुको प्रतिनिधिकर्ता स्याङ्पा फाउन्डेसनको सहकार्यमा सो कन्सन्ट्रेटर अस्पताल आइपुगेको हो । लुम्बिनी प्रदेश अस्पतालमा कोरोना विशेष अस्पताल बुटवल संचालन गरेको छ भने प्रदेश अस्तालमा पनि छुटै वार्ड बनाइ कोरोना विरामीहरुको उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण