सनीको फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल बन्ने
सनी देवल, अमिषा पटेल र अमरीश पुरी अभिनित हिट फिल्म ‘गदर : एक प्रेम कथा’ को सिक्वेल पनि बन्ने भएको छ । २० वर्ष अगाडि निर्माण भएको यो फिल्मको सिक्वेलका लागि १५ वर्षदेखि काम भइरहेको छ । फिल्म १५ जुन २००१ मा रिलिज भएको थियो । त्यतिबेला फिल्मले २५० करोड कमाएको थियो । फिल्मको सिक्वेल फिल्म जहाँ सकिएको थियो । त्यहीबाट सुरु हुने बताइएको छ ।
फिल्ममा सनी (तारा सिंह), अमिषा पटेल (सकीना) र उनीहरुको छोरा जीतको कथा समेटिनेछ । फिल्मको कथा इन्डिया र पाकिस्तानकै एङ्गलबाट अगाडि बढ्नेछ । फिल्मको विषयमा सनीले एक अन्तवार्तामा क्लाइमेक्स चेन्ज गरिएको बताएका थिए । उनले भनेका थिए, ‘फिल्म फ्लप हुने डरले क्लाइमेक्स सम्पादनमा परिवर्तन गरिएको थियो ।’
सो समय सनीले भनेका थिए, ‘क्लाइमेक्समा गोली लागेको कारण सकिना (अमिषा)को निधन हुने दृश्य थियो । हामीलाई लाग्यो सकिनाको निधनपछि फिल्म ट्रयाजेटी हुन्छ । दर्शकले नेगेटिभ प्रतिक्रिया दिन सक्छन् । त्यसैले फिल्मको एडिटिङमा फिल्मको अत्य राम्रो गर्न छोराको गीत सुनेपछि गोली लागेको सकिना उठ्ने बनाइएको हो ।’ सनीको समय अभावको कारण फिल्मको सुटिङका लागि भने ३ वर्ष लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण