सेतीवेणी बजार डुबानमा, शालिग्राम क्षेत्रसहित १८ घर डुबानमा
अविरल वर्षाका कारण पर्वततर्फबाट बगेर आउने सेतीखोलाको बाढीले गुल्मी, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थल सेतीवेणी बजार डुबानमा परेको छ ।
विश्वकै ठुलो शालिग्राम भएको स्याङ्गजातर्फको सेतीवेणी बजार र मन्दिर क्षेत्र समेत डुबानमा परेको छिमेकी तथा गुल्मीको कालिगण्डकी गाउँपालिका–२ अर्वेनीका वडाध्यक्ष देविप्रसाद न्यौपानेले जानकारी दिए ।
मंगलबार विहान ४ बजेदेखि कालिगण्डकी नदीमा मिसिने सेतीखोला बढेर आएपछि छेउका मन्दिर सहित १८ घर डुबानमा परेको उनले बताए । त्यहाँका प्रभावितलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष न्यौपानेले बताए ।
स्थानीयका अनुसार कालिगण्डकीको पानीको सतह २८ बर्ष यताकै उच्च विन्दुमा पुगेको छ । जसका कारण पवित्र शालिग्राम–शिला र शालिग्र्राम क्षेत्रका सत्तल लगायतका सबै संरचनाहरु डुबाएको छ ।
सेतीवेणी बजारको उत्तर र पूर्व पर्वतको विहादी गाउँपालिका– ६ मा पर्दछ । वल्लो भेग दक्षिण र पुर्व स्याङ्गजाको गलेङ्ग नगरपालिका ५ र पश्चिम कालिगण्डकी नदि किनार गुल्मीको गाउँपालिका २ अर्वेनी पर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण