अभिनेत्री लीजा बेन्सको निधन
‘गन गर्ल’ अभिनेत्री लीजा बेन्स निधन भएको छ । न्युर्योक शहरको सडक दुर्घटनामा घाइते लीजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सडकमा स्कुटीले ठक्कर दिएको कारण उनलाई गम्भिर हालतमा अस्पताल पुर्याइएको थियो । केही दिनको उपचार पछि उनको निधन भएको हो ।
लीजाको निधन भएको उनको सहकर्मीले बताए । उनले भनेका छन् ‘लीजाको निधमा दुखी छौँ । उनी महान भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मन्च होस् वा क्यामराको अगाडि सधै काममा समर्पित रहन्थिन् ।’
रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर चढेको व्यक्तिले उनलाई ठक्कर दिएका थिए । पुलिस आउनु पहिले नै ती ब्यक्ति दुर्घटना स्थलबाट फरार भए । दुर्घटनामा लीजालाई ठुलै चोट लागेको थियो । पुलिस अधिकारीले दुर्घटना घटाउने फरार ब्यक्ति अहिलेसम्म फेला नपरेको बताएको छ ।
लीजाले कयौ टिभी सिरियल र फिल्ममा अभिनय गरेकी छन् । जस मध्य ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’बाट फरक परिचय मिलेको थियो । उनले थुप्रै शोमा समेत काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण