राप्तीको टापुमा फसेका ४ जनाको उद्धार
बुधबार, ०२ असार २०७८, १२ : ०३
राप्ती नदीको बीचमा टापुमा फसेका ४ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । लमही नगरपालिका–७ हसनापुर र राजपुर गाउँपालिका–२ स्थित राप्तीको टापुमा मंगलबारदेखि अलपत्र परेकाको उद्धार गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
अलपत्र परेको १९ घण्टापछि सशस्त्र प्रहरीले लमही घर भएका मन्सराम चौधरी, राजपुर घर भएकी सावित्री यादव, राधेश्याम यादव र गणेश यादवलाई उद्धार गरेको हो । बस्तु चराउन गएका उनीहरु अविरल बर्षासँगै राप्तीमा बढाव बढेपछि अलपत्र परेका थिए ।
सशस्त्र प्रहरीको नम्बर–१९ ज्वालामाई गणका एसपी टोप बहादुर खनाल र नम्बर–४१ रिजर्व गण चन्द्रौटाबाट खटिएका एसपी यादव विश्वकर्माको टोलीले उनिहरुलाई उद्दार गरेको हो । करिब ५० वटा गाई बस्तु अझै सो टापुमा अलपत्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण