शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन दिनदेखि अवरुद्ध दुई राजमार्ग अझै खुलेन

बिहीबार, ०३ असार २०७८, १० : २३
बिहीबार, ०३ असार २०७८

पहिरोले तीन दिनदेखि अवरुद्ध महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्ग अझै खुल्न सकेका छैनन् । मंगलबार मध्यान्हदेखि महेन्द्र राजमार्गको रुपन्देहीको देवदह चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएर राजमार्ग अवरुद्ध  भएको सडक अझै खुल्न सकेको छैन । 

राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम चल्ने सवारी साधनहरु रोकिएका छन् । भने, केहीले वैकल्पिक सडक प्रयोग गरेका छन् । अविरल वर्षासँगै खसेको पहिरोले तीन दिनदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग अझै सुरु हुन सकेको छैन् । 

पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै बगाएको झण्डै ५० मिटर बगाएपछि यातायात सेवा अवरुद्ध भएको छ ।

तीन दिनदेखि मालवाहक ट्रक, दाङ, बाँके बर्दियाका मजदुर घर लिएर हिँडेका सवारी साधन बीच बाटोमा  रहेका छन् । डाइभर्सनको काम सकिनै लाग्दा पुनः पहिरो खसेको र वर्षा नरोकिएकाले राजमार्ग खुलाउन नसकिएको  लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्ली नारायण पाण्डेले रातोपाटीलाई बताए। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप