बाबुको श्राद्ध गर्न गएका २ युवा खोलाले बगाएर बेपत्ता
शुक्रबार, ०३ कात्तिक २०७४, १२ : १७
बिष्णु कुमार आले
अर्घाखाँची । बाबुको श्राद्ध गर्न देवघाट पुगेका अर्घाखाँची सन्धिखर्कका २ युवा नुहाउने क्रममा नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् ।
यसरी बेपत्ता हुनेमा सन्धिखर्क नगरपालीका १ का ३८ बर्षीय चन्द्रमान श्रेष्ठ र उनका भाई २८ बर्षीय राजकुमार श्रेष्ठ बेपत्ता भएको प्रहरीले जनाएको छ । बावुको श्राद्घ गर्न देवघाट पुगेका ५ भाईमध्ये २ भाईलाई बिहिवार दिउसो नारायणी नदीले बगाएको हो ।
अन्य ३ भाई भने शकुसल रहेको चितवन प्रहरीले जनाएको छ । बेपत्ता २ भाईको खोजीकार्य भैरहेता पनि अझै फेला परेका छैनन् ।
बेपत्ता हुने चन्द्रमान श्रेष्ठ अर्घाखाँचीको संचारकर्मी अम्बिका श्रेष्ठको श्रीमान हुन् भने राजकुमार श्रेष्ठ देवर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण