काँग्रेस दार्चुलाले उम्मेदवार टुङ्ग्यायो, नेता बडु समानुपातिकमा
लोकेन्द्र प्रशाद जोशी
दार्चुला । नेपाली काँग्रेस दार्चुलाले प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको लागि उम्मेदवारी टुंग्याएको छ । दार्चुलाबाट सिफारीस भएका नामहरुमा काठमाण्डौमा लामो छलफलपछि काँग्रेसले नाम फेरबदेल गर्दै उम्मेदवारी टुंग्याएको हो ।
दार्चुलाबाट प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ सिफारिस भएका काँग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु समानुपातिकमा गएका छन् । काँग्रेसले प्रतिनिधि सभाको लागि महाधिवेशन समिति सदस्य विक्रम सिंह धामीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ । धामीलाइ काँग्रेस दार्चुलाले प्रतिनिधि सभाको लागि समानुपातिक र प्रदेश सभा अन्तर्गत क्षेत्र नम्बर २ को लागि प्रत्यक्षमा सिफारिस गरेको थियो ।
यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ को लागि काँग्रेस पार्टी सभापति ललितसिह बोहरा र क्षेत्र नम्बर २ को लागि जगदीश बहादुर पालको नाम टुंगो लागेको छ । साथै प्रदेश सभा समानुपातिकतर्फ नन्दा वम र मदन गिरीको नाम टुंगो लागेको काँग्रेसले जनाएको छ ।
नेता बडु यस अघि संविधान सभा निर्वाचन २०६४ मा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मणदत्त जोशी र ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नासँग पराजीत भएका थिए । यस पटक प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएपनि एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेपछि बडु प्रत्यक्षबाट पछि हटेका हुन् ।
पटक पटक जिल्लाबाट निर्वाचित हुँदा मन्त्री बनेपनि बडुले पछिल्लो संविधान सभाको लागि भएका निर्वाचनमा पराजय व्यहोरेका थिए । काँग्रेस कार्यकर्तामा स्थानीय तह निर्वाचनमा दार्चुलामा बहुमत स्थान जितेका छन् । जिल्लाका ९ तह मध्ये ५ तहमा प्रमुख र ४ तहमा उपप्रमुख विजयी भएका थिए । तर बाम गठबन्धन बनेपछि काँग्रेस पार्टीमा प्रवक्ता समेत रहिसकेका, बर्तमान केन्द्रीय कार्यसम्पादन समिति सदस्य बडु पछि हटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण