बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पित्कासन

शुक्रबार, ०३ कात्तिक २०७४, २२ : ४२
शुक्रबार, ०३ कात्तिक २०७४

  –शरद पौडेल

अटेन्छेन (एटेन्सन)
ठन्डेईच (स्ट्यान्ड इजी) 
एक कदम आगे 
मारकस तरफ ।
दो कदम पिछे
सोसलिस्ट तरफ ।
बट, नो कोइसन्स । 

आधा घुम
लेनिन तरफ ।
औ पूरा घुम् 
ख्रुस्चेब तरफ ।
एक हात आगे 
माओ तरफ ।
दुवै हात आगे 
देङ पेङ तरफ ।
बट, नो कोइसन्स । 

देब्रे घुम 
उत्पीडित तरफ ।
दाहिने घुम्  
दरबार तरफ ।
आधा घुम 
गाऊँ तरफ ।
पूरै घुम 
सहर तरफ ।
बट, प्लिज नो कोइसन्स ।

कुखुरा बन
बाख्रो बन ।
हात्ती बन् 
घोडा बन् ।
नो नो.., नो एनि कोइसन्स ।

मैदानमा
लामबद्ध छन् 
लाल सिपाहीहरू,
अग्रभागमा 
आदेश पस्किरहेछ सर्वाेच्च ।

टिम बस्ला
टिम उठ्ला ।
टिम हिँडला
टिम रूक्ला ।
खुट्टा अकासमा 
औ मुन्टोले टेक्ला ।
बट, नो कोइसन्स ।

टिम फेरि हिँड्ला ।
हिजो हिँडेको गोरेटो 
बायाँ पार्दै,
दाहिनेतिर हिँड्ला
हिँडिरहला ।

कमरेड्स !
मोड्दै देब्रे हिँडेको पाइतालो
दाहिने फर्काउनु छ हामीले
यो सङ्क्रमणको समय हो ।
सो इन्ज्वाइ प्लिज
एन्ड रन एहेड,
बट् नो..., नो नो मोर कोइसन्स । 

अटेनछेन...
ठन्डेइच...।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप