अजयले किने नयाँ घर
बलिउडका सिंघम अर्थात अभिनेता अजय देवगणले नयाँ घर किनेका छन् । उनले मुम्बईको जुहु इलाकामा एक घर किनेका हुन् । जसको मूल्य ६० करोड बताइएको छ । एक अनलाइनमा प्रकाशित खबरअनुसार उनले किनेको घरको मूल्य ६० नभएर ४७ करोड रहेको छ । उक्त अनलाइनले घर किन्न अजयले १८.७५ करोड लोन लिएको समेत दाबी गरेको छ । तर यो कुराको पुष्टि कतैबाट भएको छैन ।
अजयको नयाँ घर उनको शिवशक्ति घरबाट धेरै टाढा छैन । उनको यो घर ४७४.४ वर्ग मिटरमा फैलिएको छ । अजयभन्दा पहिले यो घर भावेश बालकृष्ण बालिया नामका एक ब्यक्तिको थियो । अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा ट्रान्सफर गरेका छन् ।
कामको कुरा गर्ने हो भने अजयलाई फ्यानले पछिल्लो समय २०२० मा ‘तानाजी’ मा देखेका थिए । फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । उनी अब फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका थुप्रैमा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्