अजयले किने नयाँ घर
बलिउडका सिंघम अर्थात अभिनेता अजय देवगणले नयाँ घर किनेका छन् । उनले मुम्बईको जुहु इलाकामा एक घर किनेका हुन् । जसको मूल्य ६० करोड बताइएको छ । एक अनलाइनमा प्रकाशित खबरअनुसार उनले किनेको घरको मूल्य ६० नभएर ४७ करोड रहेको छ । उक्त अनलाइनले घर किन्न अजयले १८.७५ करोड लोन लिएको समेत दाबी गरेको छ । तर यो कुराको पुष्टि कतैबाट भएको छैन ।
अजयको नयाँ घर उनको शिवशक्ति घरबाट धेरै टाढा छैन । उनको यो घर ४७४.४ वर्ग मिटरमा फैलिएको छ । अजयभन्दा पहिले यो घर भावेश बालकृष्ण बालिया नामका एक ब्यक्तिको थियो । अजयले यो घर आमा वीणा वीरेन्द्र देवगनको नाममा ट्रान्सफर गरेका छन् ।
कामको कुरा गर्ने हो भने अजयलाई फ्यानले पछिल्लो समय २०२० मा ‘तानाजी’ मा देखेका थिए । फिल्ममा अजयका साथमा काजोल, सैफअली खान, शरद केलकर मुख्य भूमिकामा रहेको थियो । उनी अब फिल्म ‘आरआरआर, भुज, मैदान लगायतका थुप्रैमा देखिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण