कविता : कर्म
धर्मानन्द भट्ट
मौरी फूल चुसी हरेक दिन नै सँगाल्छ मीठो मह
माछाले दिनरात दुःख नभनी खेल्दै छ पौडी दह ।
चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी
सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।
मान्छे कर्म गरी न मर्छ बरु त्यो कैले नमर्ने हुने
खाए झैँ खिचडी भरिन्छ मन यो राम्रा कुरा नै सुने ।
ढुङ्गा फल्छ बुझे यहाँ हर कुरा फल्नेछ हाम्रो घर
अल्छीसाथ बसे कुनै बखतमा फल्दैन केही तर ।।
हावा चल्छ यहाँ मिनेट नबसी घुम्दैछ धर्ती पनि
जो बग्नेछ सधैँ नबिर्सिकन नै त्यो लक्ष भेट्नेछ नि ।
आफ्नो कर्म बुझेर त्यो गगनका तारा उज्यालो दिने
मान्छेले घर खेत यो जगतमा कर्मै गरेरै किने ।।
छोडे बग्न नसा बुझौँ रगतले जानेछ मान्छे मरी
माटो कर्म भुले धरा मनहरू रुन्छन् नि सुक्नेगरि ।
छोटो आयु बुझी छँदै दिनदिनै औँला सबैले गनी
आँखा, कान मिलेर कर्म गर है आन्द्रा भुडीले पनि ।।
मान्छे हो बुझ भागमा इलमिको माछा र मासू हुने
अल्छी बोल्छ बढी र काम नगरी यी आँसु झारी रुने ।
पृथ्वी छोप्न भनेर दौडिरहने त्यो सूर्यलाई तर
भाग्ने भाग्छ बरू म कर्मपथको कैले नभाग्ने पर ।।
ढाकारा, लेकम गाउँपालिका–२, दार्चुला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण