कर्णालीमा थप ३६४ जनाले जिते कोरोना
आइतबार, ०६ असार २०७८, १७ : २५
कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको अवस्थामा निरन्तर कमी आएको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप २६४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भइरहँदा ३७ जना संक्रमित थपिएका छन् । २६९ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जनामा कोरोना भाइरस पुष्टि भएको हो । आज कर्णालीमा आरटी–पीसिआर परिक्षण र संक्रमितको संख्या शून्य रहेको छ ।
यस्तै प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ८४८ मा झरेको अवस्था छ । प्रदेशभर हालसम्म २३ हजार ९५१ जनाले कोरोना जितेको अवस्था छ । आज थप २ जनाको कोरोनाका कारण मृत्यु भएको अवस्था छ । मृत्यु हुनेमा एकजना सुर्खेत र एक जना दैलेखको रहेका छन् । मृत्यु हुनेको संख्या जम्मा ३९९ पुगेको छ । विशेषगरी आज रुकुम पश्चिम, जाजरकोट र मुगुमा धेरै संक्रमित रहेको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक