मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

शनिबार, ०४ कात्तिक २०७४, १० : ३४
शनिबार, ०४ कात्तिक २०७४

कपिलवस्तु - मोटरसाइकलले साईकललाई ठक्कर दिदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । 

वाणगंगा नगरपालिका–६ सुठौलीमा गएराति बा.२ ब.३५७० नम्बरको सरकारी   मोटरसाइकलले बैदौली जाँदै गरेको साईकललाई ठक्कर दिदा साईकलयात्री स्थानीय  ६५ वर्षका कृष्ण प्रसाद आचार्यको मृत्यु भएको हो ।

ठक्करबाट घाईते भएका आचार्यको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक राजु कार्कीले जानकारी दिए ।

शवलाई पोष्टमाटमका लागी लुम्बीनी अञ्चल अस्पताल बुलवल पठाइएको छ भने ठक्कर दिने मोटरसाइल प्रहरीको नियन्त्रणमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप