शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडका यी चर्चित अभिनेत्रीको फिटनेसको राज योग

सोमबार, ०७ असार २०७८, १९ : ४५
सोमबार, ०७ असार २०७८

आज सोमबार अन्तर्राष्ट्रिय योग दिवस हो । पछिल्लो समय बलिउडका धेरै कलाकार आफुलाई फिट राख्न योगको सहारा लिने गर्दछन् । अहिले चर्चा बलिउडका केही चर्चित अभिनेत्रीको गर्न खोजिएको छ । जो योगको कारण फिट देखिँदै आएका छन् ।

शिल्पा शेट्टी 

४६ वर्षकी शिल्पा शेट्टी योग गुरुका रुपमा पनि परिचित छिन् । योगको प्रचार गर्न उनले ‘शिल्पा योग’ नामको योग डिभिडी समेत ल्याएकी छन् । उनी अक्सर सामाजिक सञ्जालमा योग आसनको भिडियो तथा तस्बिर सार्वजनिक गर्दछिन् ।

मलाइका अरोडा 

४७ वर्षमा पनि अभिनेत्री मलाइका अरोडा कम उमेरका अभिनेत्री भन्दा फिट छिन् । उनको फिटनेश र आकर्षक फिगरको राज पनि योग नै हो । उनी दैनिक योगका लागि समय दिन्छिन् ।

बिपाशा बसु 

 ४२ वर्षकी बिपाशा बसु आफ्नो फिगरको मेन्टेनका लागि योग नै गर्छिन् । उनले योगको एक डिभिडी पनि लन्च गरेकी छन् । उनी आफ्नो पति करण सिंह ग्रोवरसँग योग गरेको तस्बिर र भिडियो समेत सामाजिक सञ्जालमा बारम्बार सार्वजनिक गर्छिन् ।

ज्याकलिन फर्नाडिज 

आफ्नो फिटनेशका लागि ज्याकलिन फर्नाडिज पनि योग गर्छिन् । उनले योग गरेको कयौं तस्बिर सामाजिक सञ्जालमा राखेकी छन् ।

आलिया भट्ट 

बलिउडकी ‘चुलबुल गर्ल’ आलिया भट्ट पहिले निकै मोटी थिइन् । उनले योगको माध्यमबाट आफ्नो तौल घटाएकी हुन् । उनी वजन कम गर्न अष्टाङ योग गर्ने गर्छिन् । उनले योगलाई आफ्नो रुटिङमा पनि राखेकी छन् ।

करिना कपुर खान 

बेबोको नामबाट फेमस करिनाको जीरो फिगरको राज पनि योग नै हो । उनी दैनिक ५० पटक सूर्य नमस्कार र ४५ मिनेट बाँकी योगासन गर्ने गर्छिन् । गर्भवती अवस्थामा पनि उनले योग गरेका केही भिडियो सार्वजनिक गरेकी थिइन् ।

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप