दाङमा निषेधाज्ञा थपियो
दाङमा निषेधाज्ञा एक हप्ता थप भएको छ । कोरोना संकट व्यवस्थापन समिति डीसीएमसीको आज बसेको बैठकले असार १५ गते सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । समयावधि थपिएसँगै निषेधाज्ञा केहि खुकुलो गराउँदै लैजाने निर्णय समेत भएको छ । बैठकले भोलिबाट सरकारी कार्यालय र बैंक बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय समेत गरेको छ । त्यस्तै बजार बिहान ६ बजेदेखि २ बजेसम्म खोल्ने निर्णय भएको छ ।
नीजि सवारी साधनहरु जोर बिजोर प्रणालीअनुसार चल्ने र नचल्ने बारे स्थानीय प्रहरी प्रशासनले कुनै निर्णय गरेन । तर सरकारी कार्यालय, बैंक र बजारका खुल्ने पसलहरु पनि स्वास्थ्य मापदण्डअनुसार सुचारु हुने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।
त्यस्तै होटल, पार्टी प्यालेस तथा रेष्टुरेण्टलाई प्याकिङ्ग गरेर मात्रै बिक्रि गर्ने गरि खोल्ने निर्णय गरेको छ । सार्वजनिक सवारी साधन भने अझै खुला गरिएको छैन । बैशाख १७ गतेबाट यहाँ निषेधाज्ञा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण