राजधानीको म्हैपीमा गोली चल्यो, पाँच जना पक्राउ: यसरी भयो घटना
काठमाडौं - राजधानीको मैह्पीमा आज बिहान गोली चलेको छ ।
गोली लागेर गोरखा लाप्रक स्थायी घर भएका २३ बर्षीय कल्याण गुरुङ घाइते भएका छन् । उनको दाइने खुट्टको घुडा मुनि (पिडौला)मा गोली लागेको छ ।
आज बिहान साढे ४ बजेको समयमा उक्त घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न मूख्य अभियुक्तसहित पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिषर, काठमाडौंका प्रमुख रबिन्द्र धानुकले जानकारी दिए ।
स्कुटरमा गइरहेको बेला एक समूहले बाटो छेकेर गोली प्रहार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
यसरी भयो घटना
-ठमेलको एक डिस्कोमा ती युवक(कल्याण गुरुङ)ले एकजना केटीलाई जिस्काएका थिए ।
-गुरुङ स्कुटर लिएर ठमेलबाट निस्किए ।
-केटीका केटा साथीहरुले गाडिबाट स्कुटरलाई पिछा गरे ।
-म्हैपी पुगेपछि स्कुटरलाई उक्त समुहले रोक्यो ।
-स्कुटर रोकेर गुरुङलाई गोली प्रहार गरे ।
पक्राउ पर्नेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
घाइते गुरुङको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था समान्य रहेको चिकित्सकले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण