अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार, अस्पताल भन्छ– प्रतिक्रिया जनाउन थालिन्
नर्भिकका उपचाररत मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उचित उपचार, आहार विहार र केयरिङ पाएका कारण उनको मुहारमा चमक देखिएको छ । अस्थिपञ्जर मात्रै बाँकी रहेको जस्तो देखिने उनको शरीरका घाउहरू निको हुन थालेका छन् भने अन्य स्वास्थ्य अवस्थामा पनि सुधार भइरहेको नर्भिक अस्पतालले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
विज्ञप्तिका अनुसार अहिले उनको ह्विलचेयर थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उपचार भइरहेको छ । डा. पंकज जलान नेतृत्वको टिमले उनको उपचार गरिरहेको छ । ‘अस्पतालमा आउँदा जिउँदो लाशजस्तो रहेकी उनी चलमलाउन थालेकी छिन् । बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्’ डा.जलान भन्छन् ‘भोक लाग्दा संकेत दिनेसम्मको भएकी छन् ।’ उनले नर्भिकले सकेसम्म सबै विकल्पमा गएर गरिरहेको जलानको भनाई रहेको छ । जलानका अनुसार दुर्घटनाका कारण घिमिरेको ब्रेन इञ्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्ण रुपमा नर्मल हुने सम्भावना भने न्यून छ ।
‘उहाँको ब्रेनमा निकै ड्यामेज भएको छ’ डा.जलानले थपे ‘तर, आएको बेलाको तुलनामा घाउहरु निको हुन थालेका छन् । हामीले डाइट र थेरापीमा फोकस गरेका छौं । प्रोटिन, क्यालोरिजहरु प्रशस्त दिइरहेका छौं । हिजोबाट ह्वीलचेयरमा समेत बसाउन सुरु गरेका छौं ।’
निशाको अवस्थालाई ‘जनरल कण्डिसन इम्प्रूभ’ भएको अवस्थाको रुपमा बुझ्न डा.जलानको भनाई रहेको छ । तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी निशा घिमिरेको उद्धार गर्नु अघिको अवस्था निकै दर्दनाक थियो । नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले गत २७ गते उनको उद्धार गरेर अस्पतालको विशेष उपचार कक्षमा राखेर उपचार सुरु गराएकी हुन् ।
तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारत गएको समय सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी निशा उपचारका लागि पैसाको अभावमा घरमै अर्धचेत अवस्थामा रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण