रुपन्देहीको तिलोत्तमा नगरपालिको दुई अर्बको बजेट
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार दशौं नगरसभाको दोस्रो बैठकमा नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गरेकी हुन् ।
असार २ गते दशौं नगरसभाको पहिलो बैठकमा पेश गरी स्वीकृत नीति तथा कार्यक्रममा आधारित तिलोत्तमाको आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको तुलनामा ९ करोडले बढी छ ।
नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले कोभिड–१९ ले ल्याएको विषम परिस्थितिलाई समुचित सम्बोधन गरी रोजगारी सिर्जना, स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा बजेट केन्द्रीत रहेको बताईन् ।
चालु आर्थिक वर्षदेखि सुरु गरिएको मध्यकालीन खर्च संरचना अनुरुप योजनाको प्राथमिकीकरण सहित स्रोतको सुनिश्चितता गरी बजेटलाई वस्तुपरक र कार्यान्वयन योग्य बनाइएको छ। तिलोत्तमाले बजेटमा आम्दानीका स्रोतको रुपमा आन्तरिक राजस्व ४४ करोड १ लाख, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ५० करोड ७५ लाख, लागत सहभागिताबाट ४ करोड प्राप्त हुने लक्ष्य निर्धारण गरेको छ ।
बजेटमा चालु आर्थिक वर्षका प्रायः सबै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने केही नयाँ कार्यक्रमहरु पनि समावेश गरिएको छ । बजेटमा कोभिड–१९ रोग नियन्त्रण तथा रोकथामको लागि ३ करोडसहित स्वास्थ्य क्षेत्रमा कुल १९ करोड ४९ लाख विनियोजन गरिएको छ ।
यस्तै शिक्षामा ३५ करोड २४ लाख, पूर्वाधार विकासमा ६४ करोड ८० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा ३ करोड ४० लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा ३ करोड ८ लाख, विभिन्न खेलकुद प्रतियोगिता तथा खेलमैदान पूर्वाधार विकासमा १ करोड १५ लाख विनियोजन गरिएको छ ।
हरेक वडामा जीर्ण सडक मर्मतसम्भार तथा स्तरोन्नतीको लागि एक करोडको दरले १७ करोड विनियोजन गरिएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षातर्फ तिलोत्तमा सिटी कलेज सञ्चालन गर्न ७० लाख, सामुदायिक विद्यालयमा पूर्वाधार निर्माण गर्न ५० लाख, सामुदायिक विद्यालयलाई बस खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै नगरमा शीत भण्डार एवं कृषि उपज संकलन तथा प्रशोधन केन्द्र निर्माणको लागि ७० लाख, औद्योगिक ग्राम पूर्वाधार निर्माणको लागि ५० लाख, नगर प्रमुख आवास कार्यक्रमको लागि एक करोड, नगरको एकीकृत सरसफाई केन्द्र निर्माणको लागि ७० लाख विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण