इस्माले गर्यो पारिश्रमिकको सुनिश्चित्ताः बढायो शिक्षक–कर्मचारीको तलव
गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिकाभित्रका करार कर्मचारी र विद्यालयका निजी स्रोतका शिक्षकहरुलाई संघीय सरकारले निर्धारण गरेको न्युनतम पारिश्रमिकको सुनिश्चितता गर्ने निर्णय गरेको छ । त्यस गाउँपालिका वडा नम्वर ३ को ठाडुङ्गास्थित सभा हलमा सम्पन्न नवौं गाउँ सभाले यस्तो निर्णय गरेको हो ।
गाउँ सभामा आगामी आर्थिक बर्ष २०७८ /०७९ का नीति तथा कार्यक्रमका लागि कुल ४२ करोड ७९ लाख ८१ हजारको बजेट प्रस्तुत गर्दै गाउँपालिकामा रहेका करार कर्मचारी र विद्यालयका निजी स्रोतका शिक्षकहरुलाई जनही मासिक दुई हजारका दरले तलव बढाइएको छ ।
सो गाउँपालिकाले स्वयम् सेवीकाहरुलाई समेत जनही ६ हजार रुपैयाँ पारिश्रमिक दिँदै आएको छ । चालु आर्थिक वर्षभित्रै उज्यालो इस्मा घोषणा गर्ने गरि रकम विनियोजन समेत गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए ।
हामी कहाँ मिटर जोडेर बत्ति नै बाल्न नसक्ने केहि विपन्न परिवार समेत छन् उनीहरुलाई समेत गाउँपालिकाले खर्च व्यहोरेर उज्यालो इस्मा घोषणा गर्दैछौं उनले भने– ‘टिनको छाना मुक्त इस्मा गाउँपालिका भदौँ असोज महिना भित्र गर्दैछौं ।’
उनले गाउँपालिकाभित्रका थुप्रै निजी स्रोतका शिक्षकहरु महिनाको ४–५ हजार तलवमा पढाएर मर्कामा परेको पाइएपछि उनीहरुलाई गाउँपालिकाले मासिक दुई हजार थपिदिने र विद्यालयहरुलाई न्युनतम पारिश्रमिकको सुनिश्चिता गर्न लगाइने बताए ।
१५ सय घरधुरीमा एक घर एक धारा पुराई सकेको इस्माले ४ हजार घरधुरीमा चालु आर्थिक बर्षभित्र एक घर एक धारा पुराउने लक्ष्य लिएको छ । यस अवधीमा इस्मा तम्घास सिमलटारी सडक पीच भएको, सदरमुकाम तम्घास देखि गाउँपालिकाको केन्द्र रहेको स्थान सम्मको सडक ग्रावेलिङ्ग भएको र वडा स्तरका टोल टोलमा सडक सञ्जाल पुराइएको प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले बताए ।
उनका अनुसार गाउँ सभाले ‘पालिका अध्यक्ष रोजगार कार्यक्रम’ मार्फत चालु आर्थिक बर्षमा ३ सय ५० जना मजदुरलाई रोजगारी दिने लक्ष्य लिइएको छ । गाउँपालिका अध्यक्ष बिष्टले इस्मा गाउँपालिका रिङरोड निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए ।
उनले आफूहरुले जिम्मेवारी सम्हाल्ने बेलामा इस्मा हत्या–हिंसा र सामाजिक विकृति विसंगतिको अखडा जस्तै बनेकाले निकै चुनौतीका बीच न्युनिकरण गर्न सफल भइएको दावी गरे । उनले भने, ‘अपराधिक घटनाको मुख्य जड व्याप्त मदिरा सेवन हो भन्ने हामीले विश्लेषण ग¥यौं । गाउँपालिका उपाध्यक्ष विमला खत्रीको संयोजकत्वमा मदिरा नियन्त्रणमा कडाई ग-यौं । फलस्वरुप परिणाम हाता लागेको छ र विगतको तुलनामा महिलाहरूमा घरेलु हिंसा र ठुला अपराधिक घटनामा न्युनिकरण भएको छ ।’ गाउँपालिका उपाध्यक्ष खत्रीका अनुसार चार वर्षअघि सम्म इस्मा यस्तो थलो बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण