हलिउड अभिनेत्री जोआन लिनविलको निधन
बुधबार, ०९ असार २०७८, ११ : १४
हलिउड अभिनेत्री जोआन लिनविलको निधन भएको छ । अभिनेत्रीको ९३ वर्षमा निधन भएको हो । लिनभिलले ‘स्टार ट्रेक’मा रोमुलनको भूमिका निर्वाह गर्ने पहिलो अभिनेत्री थिइन् ।
अभिनेत्रीको निधनमा अभिनेता तथा लेखक मार्क ए. अल्टम्यानले ट्वीट मार्फत दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन् ‘लिनभिलको निधनको सुनेर निकै दुःख लाग्यो ।’
लिनभिनले १९५० देखि १९८० सम्म १०० बढी फिल्म तथा टिभी शोमा काम गरेकी छन् । १९६२ मा अभिनेत्रीले निर्देशक मार्क रिडेलसँग बिवाह गरेकी हुन् । उनका दुई बच्चा एमी र क्रिस्टोफर रिडल रहेका छन् । उनले अभिनय करियरलाई लिएर ‘सेभेन स्टेप्स’ नामक पुस्तक समेत लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूलीमा हाम फाल्न खोजेका युवकको उद्धार
-
बारम्बार किन बिरामी परिरहन्छन् बालबालिका ?
-
प्रेस स्वतन्त्रतामाथि न्यायिक ‘तरबार’ : क्षेत्राधिकार मिचेर किन हुँदैछन् समाचार हटाउने आदेश ?
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण